Posts

Showing posts from November, 2022

प्रदेश सभा सदस्यमा नेपाली काँग्रेसका गोविन्द लम्साल विजयी:

Image
धादिङ निर्वाचन क्षेत्र नम्बर २ को (क) बाट गठबन्धनका उम्मेद्वार नेपाली काँग्रेसका गोविन्द लम्साल विजयी भएका छन् । निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेद्वार डा. राम कुमार अधिकारीलाइ २ हजार ९ सय ९७ मतले पराजित गर्दै लम्साल विजयी भएका हुन् । कुल ३८ हजार ३ सय १ मत मध्ये लम्सालले १९ हजार ४ सय १९ मत प्राप्त गरेका थिए। त्यस्तै अधिकारीले १६ हजार ४ सय २२ मत पाएका थिए । यो प्रदेशमा १ हजार २ सय ६ मत बदर भएको थियो । लम्साललाई नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी र नेपाली काँग्रेसका साझा उम्मेद्वार रहेका थिए । अधिकारीलाइ भने राष्टिय प्रजातन्त्र पार्टीको समर्थन रहेको थियो ।  यस प्रदेश सभामा उम्मेद्वार रहेका मंगोल नेशनल अर्गनाइजेशनका शालिकराम थापा मगर (कुखुराको भाले) ले १ हजार १३ मत पाएका छन् । त्यस्तै स्वतन्त्र उम्मेद्वारहरु दयाराम लम्साल र खड्क कुमारी सापकोटाले क्रमशः १ सय ४२ र ९९ मत प्राप्त गरेका छन् ।