Posts

Showing posts from December, 2022

३१औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा हेटौंडामा अन्तरक्रिया कार्यक्रम सम्पन्न:

Image
” समावेशी विकासका लागि रूपान्तरित समाधानः पहुँचयुक्त र समतामुलक विश्वका लागि उर्जावान सिर्जनशिलताको प्रावधान ” भन्ने मुल नाराका साथ ३१ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको आयोजनामा हेटौंडामा अन्तरक्रिया कार्यक्रम भएको छ । मन्त्रालयका श्रीमान सचिव रामशरण सापकोटाको सभाध्यक्षतामा अन्तरक्रिया कार्यक्रम भएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सचिव सापकोटाले सरकारले अपाङ्गता क्षेत्रको हकअधिकार र संरक्षणमा काम गरिरहेको जानकारी दिनुभयो । अपाङ्गता भएका व्यक्तिहरुको शिक्षामा गुणस्तर र आयआर्जनमूलक कार्यमा जोड दिने तर्फ प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो । कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुको विविध सवालहरु बारे कानुनमा रहेको व्यवस्था , वर्तमान समस्या , समस्या समाधानको चरण र नीतिगत कार्यन्वयनको अवस्था बारे अपाङ्गता अधिकारकर्मी गणेश के.सी. द्वारा कार्यपत्र प्रस्तुत गरिएको थियो , भने सहभागीहरुवाट आएका जिज्ञासाहरुलाई सम्बोधन पनि गर्नु भएको थियो।   यस्तै , दिवसको सन्दर्भमा संचालन गरिएका विभिन्न प्रतियोगित्मक कार्यक्रममा उत्कृष्ट हुनेलाई पुरस्क...

अपाङ्गता भएका व्यक्तिहरूको ३१ औँ अन्तर्राष्ट्रिय दिवस

Image
अपाङ्गता भएका व्याक्तिहरुलाई उनीहरूको हक अधिकारको सुनिश्चितता गर्न , जनमानसमा चेतना फैलाउन , उनीहरूको पहिचान , आत्मसम्मान र स्वाभिमानलाई विश्वभर उठाउन सन १९९२ देखि अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाउन थालिएको हो । विश्वभर अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवर्द्धन गर्ने उद्देश्यले सन १९७६ मा संयुक्त राष्ट्र सङ्घले सन् १९८१ लाई “ पूर्ण सहभागिता र समता ” भन्ने मूल नाराका साथ अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय वर्षको रूपमा मनाउने घोषणा गर्यो ।सन् १९८३ मा राष्ट्र सङ्घले अपाङ्गता भएका व्यक्तिहरूको अवसर समानीकरण , पुनर्स्थापना र रोकथाममा जोड दिँदै अपाङ्गता सम्बन्धी १० वर्षे विश्व कार्य योजना पारित गरी लागू गर्योन र यसलाई विश्वभर प्रभावकारी रूपमा कार्यान्वयन गराउन सन् १९८३ देखि १९९२ सम्मको अवधिलाई अन्तर्राष्ट्रिय अपाङ्गता दशकको रूपमा घोषणा गरियो।सन् १९९२ मा उक्त अपाङ्गता सम्बन्धी १० वर्षे विश्व कार्य योजनाको कार्यान्वयन र उपलब्धिहरूको समीक्षा गर्दै सोही वर्षदेखि डिसेम्बर ३ लाई अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसको रूपमा घोषणा गरी विश्वभर मनाउन थालियो । नेपालले पनि (वि.स....