अपाङ्गता भएका व्यक्तिहरूको ३१ औँ अन्तर्राष्ट्रिय दिवस

अपाङ्गता भएका व्याक्तिहरुलाई उनीहरूको हक अधिकारको सुनिश्चितता गर्न, जनमानसमा चेतना फैलाउन, उनीहरूको पहिचान, आत्मसम्मान र स्वाभिमानलाई विश्वभर उठाउन सन १९९२ देखि अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाउन थालिएको हो ।



विश्वभर अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवर्द्धन गर्ने उद्देश्यले सन १९७६ मा संयुक्त राष्ट्र सङ्घले सन् १९८१ लाई पूर्ण सहभागिता र समताभन्ने मूल नाराका साथ अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय वर्षको रूपमा मनाउने घोषणा गर्यो ।सन् १९८३ मा राष्ट्र सङ्घले अपाङ्गता भएका व्यक्तिहरूको अवसर समानीकरण, पुनर्स्थापना र रोकथाममा जोड दिँदै अपाङ्गता सम्बन्धी १० वर्षे विश्व कार्य योजना पारित गरी लागू गर्योन र यसलाई विश्वभर प्रभावकारी रूपमा कार्यान्वयन गराउन सन् १९८३ देखि १९९२ सम्मको अवधिलाई अन्तर्राष्ट्रिय अपाङ्गता दशकको रूपमा घोषणा गरियो।सन् १९९२ मा उक्त अपाङ्गता सम्बन्धी १० वर्षे विश्व कार्य योजनाको कार्यान्वयन र उपलब्धिहरूको समीक्षा गर्दै सोही वर्षदेखि डिसेम्बर ३ लाई अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसको रूपमा घोषणा गरी विश्वभर मनाउन थालियो । नेपालले पनि (वि.स. २०४८) देखि हरेक वर्ष विभिन्न कार्यक्रमहरू गरी यो दिवस मनाइँदै आएको छ।



यस वर्ष अन्तर्राष्ट्रिय रूपमा अपाङ्गता दिवसलाई “Transformative solutions for inclusive development: the role of innovation in fueling an accessible and equitable world” राष्ट्रिय रुपमा "समावेशी विकासकालागी रुपान्तरित समाधान: पहुँचयुक्त र समतामुलक विश्वका लागि उर्जावान श्रिजन्शिलताको प्रावधान" नारा तोकिएको छ। ३१ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा सामाजिक विकास मन्त्रालयको आयोजना र राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेश, कोशिस नेपालको समन्वयमा विभिन्न कार्यक्रम संचालन भएको छ। दिवसको पुर्व सन्ध्यामा दीप प्रज्वलन र चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव रामशरण सापकोटा ज्युको प्रमुख आतिथ्यता रहेको थियो। विभिन्न सरकारी तथा गैर सरकारी निकायहरुका प्रतिनिधि, अपाङ्गता भएका व्यक्तिको विभिन्न वर्गिय संस्थाका प्रतिनिधित्व गर्दै प्रतिनिधिहरू सहभागी रहेको थियो। उक्त कार्यक्रम राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशका अध्यक्ष अश्विन लम्साल ज्युको अध्यक्षतामा संचालन भएको थियो।


Comments

Popular posts from this blog

१५ औं विश्व अटिजम जनचेतना दिवस

जङ्गबहादुर बोगटीको ८२ औं जन्मजयन्ती