१५ औं विश्व अटिजम जनचेतना दिवस
सन्जय पुलामी,
आज अप्रिल २ अर्थात विश्व
अटिजम जनचेतना दिवस, “अटिजम समावेशिता, समाजको आवश्यकता”
भन्ने मुल नाराका साथ नेपालमा पनि विभिन्न जनचेतना मुलक कार्यक्रम
गरि मनाइएको छ । अटिजमको बारेमा सचेतना दिने र त्यस्तो समस्या भएका बालबालिकाको
विशेष स्याहारमा जोड दिंदै संयुक्त राष्ट्रसंघको आव्हानमा हरेक वर्ष अप्रिल २
तारिखमा यो दिवस मनाइने गरिन्छ ।
के हो अटिजम सम्बन्धी
अपाङ्गता
जन्मजात नशा वा तन्तुको
विकास र सोको कार्यमा आएको समस्या भएको व्यक्ति । (जस्तो: सञ्चार गर्न, सामान्य सामाजिक नियम बुझ्न र
प्रयोग गर्न कठिनाई हुने तथा उमेरको विकास सँगै सामान्य व्यवहार नदेखाउनु, अस्वभाविक प्रतिक्रिया देखाउनु, एउटै क्रिया लगातार
दोहोर्याइ रहनु, अरूसँग घुलमिल नहुनु वा तीव्र प्रतिक्रिया
गर्ने व्यक्ति,बालबालिका शारीरिक रुपमा राम्रो भएपनि उमेर
अनुसार भाषा र संरचनाको विकास नहुनु, आफ्नो उमेरका साथीसँग
खेल नखेल्नु, एक्लै एकोहोरो कुरामा अलमलिनु लगायत अटिजमका
लक्षण हुन् ।
अपाङ्गता भएका व्यक्तिको
अधिकार सम्बन्धी ऐन २०७४ लाई आधार बनाएर हेर्दा अटिजम अपाङ्गता भएका व्यक्तिका
लागि आवश्यक पर्ने पुनर्स्थापना सेवाहरु निम्नानुसार रहेका छन।
• समयमै पहिचान
• स्पिच तथा अकुपेसनल थेरापी
• नियमित स्वास्थ्य जाँच
• संचार थेरापी
• बिहेविअरल थेरापी (Behavioral Therapy)
तीब्र प्रतिक्रिया कम गर्न वा रोक्न प्रयोग गरिने विधि वा थेरापी
आदि

Comments
Post a Comment