३१औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा हेटौंडामा अन्तरक्रिया कार्यक्रम सम्पन्न:

समावेशी विकासका लागि रूपान्तरित समाधानः पहुँचयुक्त र समतामुलक विश्वका लागि उर्जावान सिर्जनशिलताको प्रावधानभन्ने मुल नाराका साथ ३१ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको आयोजनामा हेटौंडामा अन्तरक्रिया कार्यक्रम भएको छ । मन्त्रालयका श्रीमान सचिव रामशरण सापकोटाको सभाध्यक्षतामा अन्तरक्रिया कार्यक्रम भएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सचिव सापकोटाले सरकारले अपाङ्गता क्षेत्रको हकअधिकार र संरक्षणमा काम गरिरहेको जानकारी दिनुभयो । अपाङ्गता भएका व्यक्तिहरुको शिक्षामा गुणस्तर र आयआर्जनमूलक कार्यमा जोड दिने तर्फ प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो ।


कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुको विविध सवालहरु बारे कानुनमा रहेको व्यवस्था , वर्तमान समस्या, समस्या समाधानको चरण र नीतिगत कार्यन्वयनको अवस्था बारे अपाङ्गता अधिकारकर्मी गणेश के.सी. द्वारा कार्यपत्र प्रस्तुत गरिएको थियो, भने सहभागीहरुवाट आएका जिज्ञासाहरुलाई सम्बोधन पनि गर्नु भएको थियो। 

यस्तै, दिवसको सन्दर्भमा संचालन गरिएका विभिन्न प्रतियोगित्मक कार्यक्रममा उत्कृष्ट हुनेलाई पुरस्कृत गरिएको छ । 

चित्रकलातर्फ क्रमशः प्रथम, द्वितीय र तृतिय हुने शेख फार्मुलाह, विपना माया स्याङ्तान र सविना जिम्बालाई पुरस्कृत गरिएको हो । 

यस्तै, बेलुन फुटाइतर्फ प्रथम, द्वितीय र तृतीय हुने क्रमशः सञ्जय थापा, मेलिना श्रेष्ठ र उर्मीला रुम्बालाई पुरस्कृत गरिएको छ । 

हाजिरीजवाफतर्फ प्रथम, द्वितीय र तृतीय हुन सफल क्रमशः विनय दोङको समूह, सञ्जीव थिङको समूह र चञ्चली गुरुङको समूहलाई पुरस्कृत गरिएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः २ हजार रुपैयाँ, १ हजार ५ सय रुपैयाँ र १ हजार रुपैयाँसहित प्रमाणपत्रले पुरस्कृत गरिएको हो । 

 


कार्यक्रममा सामाजिक विकास महाशाखा बागमती प्रदेशका प्रमुख गोपालप्रसाद कंडेल, प्रशासन तथा अनुगमन शिक्षा विकास महाशाखाका प्रमुख रुद्रहरि भण्डारी र राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेशका अध्यक्ष अश्विन लम्साल लगायत मकवानपुर जिल्लामा रहेका विभिन्न संघसंस्थाहरुको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

 


Comments

Popular posts from this blog

अपाङ्गता भएका व्यक्तिहरूको ३१ औँ अन्तर्राष्ट्रिय दिवस

१५ औं विश्व अटिजम जनचेतना दिवस

जङ्गबहादुर बोगटीको ८२ औं जन्मजयन्ती