Posts
३१औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा हेटौंडामा अन्तरक्रिया कार्यक्रम सम्पन्न:
- Get link
- X
- Other Apps
” समावेशी विकासका लागि रूपान्तरित समाधानः पहुँचयुक्त र समतामुलक विश्वका लागि उर्जावान सिर्जनशिलताको प्रावधान ” भन्ने मुल नाराका साथ ३१ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको आयोजनामा हेटौंडामा अन्तरक्रिया कार्यक्रम भएको छ । मन्त्रालयका श्रीमान सचिव रामशरण सापकोटाको सभाध्यक्षतामा अन्तरक्रिया कार्यक्रम भएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सचिव सापकोटाले सरकारले अपाङ्गता क्षेत्रको हकअधिकार र संरक्षणमा काम गरिरहेको जानकारी दिनुभयो । अपाङ्गता भएका व्यक्तिहरुको शिक्षामा गुणस्तर र आयआर्जनमूलक कार्यमा जोड दिने तर्फ प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो । कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुको विविध सवालहरु बारे कानुनमा रहेको व्यवस्था , वर्तमान समस्या , समस्या समाधानको चरण र नीतिगत कार्यन्वयनको अवस्था बारे अपाङ्गता अधिकारकर्मी गणेश के.सी. द्वारा कार्यपत्र प्रस्तुत गरिएको थियो , भने सहभागीहरुवाट आएका जिज्ञासाहरुलाई सम्बोधन पनि गर्नु भएको थियो। यस्तै , दिवसको सन्दर्भमा संचालन गरिएका विभिन्न प्रतियोगित्मक कार्यक्रममा उत्कृष्ट हुनेलाई पुरस्क...
अपाङ्गता भएका व्यक्तिहरूको ३१ औँ अन्तर्राष्ट्रिय दिवस
- Get link
- X
- Other Apps
अपाङ्गता भएका व्याक्तिहरुलाई उनीहरूको हक अधिकारको सुनिश्चितता गर्न , जनमानसमा चेतना फैलाउन , उनीहरूको पहिचान , आत्मसम्मान र स्वाभिमानलाई विश्वभर उठाउन सन १९९२ देखि अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाउन थालिएको हो । विश्वभर अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवर्द्धन गर्ने उद्देश्यले सन १९७६ मा संयुक्त राष्ट्र सङ्घले सन् १९८१ लाई “ पूर्ण सहभागिता र समता ” भन्ने मूल नाराका साथ अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय वर्षको रूपमा मनाउने घोषणा गर्यो ।सन् १९८३ मा राष्ट्र सङ्घले अपाङ्गता भएका व्यक्तिहरूको अवसर समानीकरण , पुनर्स्थापना र रोकथाममा जोड दिँदै अपाङ्गता सम्बन्धी १० वर्षे विश्व कार्य योजना पारित गरी लागू गर्योन र यसलाई विश्वभर प्रभावकारी रूपमा कार्यान्वयन गराउन सन् १९८३ देखि १९९२ सम्मको अवधिलाई अन्तर्राष्ट्रिय अपाङ्गता दशकको रूपमा घोषणा गरियो।सन् १९९२ मा उक्त अपाङ्गता सम्बन्धी १० वर्षे विश्व कार्य योजनाको कार्यान्वयन र उपलब्धिहरूको समीक्षा गर्दै सोही वर्षदेखि डिसेम्बर ३ लाई अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसको रूपमा घोषणा गरी विश्वभर मनाउन थालियो । नेपालले पनि (वि.स....
प्रदेश सभा सदस्यमा नेपाली काँग्रेसका गोविन्द लम्साल विजयी:
- Get link
- X
- Other Apps
धादिङ निर्वाचन क्षेत्र नम्बर २ को (क) बाट गठबन्धनका उम्मेद्वार नेपाली काँग्रेसका गोविन्द लम्साल विजयी भएका छन् । निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेद्वार डा. राम कुमार अधिकारीलाइ २ हजार ९ सय ९७ मतले पराजित गर्दै लम्साल विजयी भएका हुन् । कुल ३८ हजार ३ सय १ मत मध्ये लम्सालले १९ हजार ४ सय १९ मत प्राप्त गरेका थिए। त्यस्तै अधिकारीले १६ हजार ४ सय २२ मत पाएका थिए । यो प्रदेशमा १ हजार २ सय ६ मत बदर भएको थियो । लम्साललाई नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी र नेपाली काँग्रेसका साझा उम्मेद्वार रहेका थिए । अधिकारीलाइ भने राष्टिय प्रजातन्त्र पार्टीको समर्थन रहेको थियो । यस प्रदेश सभामा उम्मेद्वार रहेका मंगोल नेशनल अर्गनाइजेशनका शालिकराम थापा मगर (कुखुराको भाले) ले १ हजार १३ मत पाएका छन् । त्यस्तै स्वतन्त्र उम्मेद्वारहरु दयाराम लम्साल र खड्क कुमारी सापकोटाले क्रमशः १ सय ४२ र ९९ मत प्राप्त गरेका छन् ।
नयाँवर्ष २०७९ सालको शुभकामना- Happy New Year 2079
- Get link
- X
- Other Apps
नयाँवर्ष २०७९ सालको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका मेरा मान्यजन, शुभेक्छुक, आफन्तजन तथा शुभचिन्तक लगायत सम्पुर्णमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य, दीर्धायु एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलय शुभकामना व्यक्त गर्दछु। हाम्रो दैनिकी जिवनमा भईरहेको आरोह अवरोहको बिचमा नै वि.स. २०७८ लाई बिदाई साथै उल्लासमयका साथ २०७९ लाई स्वागत गर्दै सकारात्मक सोच, आत्मअनुशासन र प्रतिबध्दतामा एकजुट भएर मानव सभ्यता सुदृढ गर्न थप शक्तिका साथै सबैका लागि सुनौलो अवसर बनोस् आशा छ खुसी र उमङ्ग संगै लिई यो साल बद्लिने छ। हिमाली काखमा नयाँ वि.स. बनेर आयौ स्वागत छ हाम्रो सन्तान संग पनि मितेरी लगायौ स्वागत छ अब देश र जनताको हितेशी बनेर जानु है उनासी तिमिले पुरानो वर्ष अठहत्तर पठायौ स्वागत छ
जङ्गबहादुर बोगटीको ८२ औं जन्मजयन्ती
- Get link
- X
- Other Apps
को हुन जङ्गबहदुर बोगटी जङ्गबहादुर बोगटीको नाम धेरैलाई याद नहुन सक्छ। नेपालमा ब्रेललिपि भित्र्याउने व्यक्ति जङ्गबहादुर बोगटी हुन। बोगटी दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूले पढ्न सक्ने अक्षर ब्रेललिपि पहिलो पटक नेपालमा भित्र्याएर शिक्षाका क्षेत्रमा इतिहास निर्माण गर्ने व्यक्ति हुन । नेपालमा २०१८ सालदेखि बेल पढाउन सुरु भएको हो । जन्मदैदृष्टि गुमाएका बोगटीलाई दिउसै अध्यारो लागेता पनि जिवनमा केही गर्नुपर्छ भन्ने विचारले उहाँको मनमा दियो बालिरहेको थियो। जसका कारण ज्वाउलाखेलमा भाडामा लिएर स्कुल राखियो । त्यतिखेर स्कुलको नाम अन्धाबोधनालय भन्ने राखिएको थियो । उहाँले त्यहाँ गरिब र दलितका बच्चा पनि राखेका थिए। उहाँले दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरुलाई पनि चर्चमा लैजान थालेका थिए । त्यो थाहा पाएपछि किरणशमशेरले त्यो स्कुल बन्द गराउन लगाए र कीर्तिपुर ल्याबोरेटरीमा ल्याएका थिए।
१५ औं विश्व अटिजम जनचेतना दिवस
- Get link
- X
- Other Apps
सन्जय पुलामी , आज अप्रिल २ अर्थात विश्व अटिजम जनचेतना दिवस , “ अटिजम समावेशिता , समाजको आवश्यकता ” भन्ने मुल नाराका साथ नेपालमा पनि विभिन्न जनचेतना मुलक कार्यक्रम गरि मनाइएको छ । अटिजमको बारेमा सचेतना दिने र त्यस्तो समस्या भएका बालबालिकाको विशेष स्याहारमा जोड दिंदै संयुक्त राष्ट्रसंघको आव्हानमा हरेक वर्ष अप्रिल २ तारिखमा यो दिवस मनाइने गरिन्छ । के हो अटिजम सम्बन्धी अपाङ्गता जन्मजात नशा वा तन्तुको विकास र सोको कार्यमा आएको समस्या भएको व्यक्ति । (जस्तो: सञ्चार गर्न , सामान्य सामाजिक नियम बुझ्न र प्रयोग गर्न कठिनाई हुने तथा उमेरको विकास सँगै सामान्य व्यवहार नदेखाउनु , अस्वभाविक प्रतिक्रिया देखाउनु , एउटै क्रिया लगातार दोहोर्याइ रहनु , अरूसँग घुलमिल नहुनु वा तीव्र प्रतिक्रिया गर्ने व्यक्ति , बालबालिका शारीरिक रुपमा राम्रो भएपनि उमेर अनुसार भाषा र संरचनाको विकास नहुनु , आफ्नो उमेरका साथीसँग खेल नखेल्नु , एक्लै एकोहोरो कुरामा अलमलिनु लगायत अटिजमका लक्षण हुन् । अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ लाई आधार बनाएर हेर्दा अटिजम अपाङ्गता भएका व्यक्तिका लागि आ...